भोटेकोशी बाढीपीडितका लागि गोरखा ब्रुअरीले दियो १० करोड


२०८३ भदौ ११ बिहीबार २१:२८ बजे
अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम हस्तान्तरण गर्दै गोरखा ब्रुअरीको टोली।

काठमाडौं : रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ। यस क्रममा गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। 

कम्पनीका अधिकारीहरूले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले अर्थमन्त्री वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए। 

सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनर्स्थापनाका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन तथा परिचालन गर्न थालेको छ। सरकारले निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थालाई उद्दार तथा राहत अभियानमा सहयोग गर्न आह्वान गरेपछि कर्पोरेट क्षेत्रबाट पनि आर्थिक सहयोग घोषणा तथा हस्तान्तरण गर्ने क्रम बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७