स्थलगत निरीक्षणमा प्रधानमन्त्री, राहत र अवरुद्ध पूर्वाधारबारे निर्देशन दिने


२०८३ भदौ ११ बिहीबार १०:४६ बजे

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै बिहान ९ः३० बजे विदुरतर्फ गएका हुन्।

रसुवाको भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक तथा समन्वयलाई तीव्रता दिँदै आएका छन्। विदुर भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित बस्ती तथा क्षेत्रमा पुगेको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्। उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्ने कार्यक्रम छ।

बाढीका कारण क्षतिग्रस्त तथा अवरुद्ध पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउने र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने विषयमा समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने जनाइएको छ। समय अभावका कारण प्रधानमन्त्री शाहले यसपटक मुख्य रूपमा विदुर र आसपासका प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७