रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु


२०८३ भदौ ११ बिहीबार १०:१६ बजे
तस्बिरः नयाँपेज डटकम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। बाढी तथा पछिल्लो विपद्का विषयमा छलफल गर्न बोलाइएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित सरकारका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम तथा संस्कृति क्षेत्रका ध्रुव राई, महन्थ ठाकुर, उपेन्द्र यादव, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा रास्वपाका प्रवक्ता जगदीश खरेल सहभागी रहेको जनाइएको छ। बैठकमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका साथै सरकार र राजनीतिक दलबीचको समन्वयबारे छलफल हुने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७