रसुवा बाढीमा एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

स्याफ्रुबेँसीदेखि मैलुङसम्म बाढीको असर


२०८३ भदौ ११ बिहीबार १२:२४ बजे

काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सात कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा कार्यरत कर्मचारीहरू बाढीपछि सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीनमध्ये स्याफ्रुबेँसी शाखाका पाँच जना छन्। उनीहरू शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का हुन्। त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरका मुकेश खड्का पनि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

बाढीले स्याफ्रुबेँसी, टिमुरे र मैलुङलगायत क्षेत्रमा सडक तथा पुलमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा आवतजावत तथा सम्पर्क स्थापना गर्न कठिनाइ भइरहेको छ। बैंकले सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे जानकारी लिन तथा खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७