भोटेकोशीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म आइपुग्यो


२०८३ भदौ १२ शुक्रबार १२:५८ बजे

काठमाडौं : भोटेकोशी नदीमा फेरि बाढी आएको छ। बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चीनको तिब्बततर्फ बनेको कृत्रिम ताल फुटेपछि भोटेकोशीमा पुनः बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको महाशाखाले जनाएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा समेत बाढीको जोखिम बढेपछि महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुस्लिनसम्म अर्को सूचना जारी नभएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यसअघि पनि तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीसम्म ठूलो बाढी पुगेको थियो।

प्राविधिक अध्ययनअनुसार त्यसबेला देवघाटसम्म करिब २ करोड घनमिटर अतिरिक्त पानी पुगेको थियो। पुनः बाढीको सूचना आएपछि भोटेकोशी, त्रिशूली तथा नदी तटीय क्षेत्रका नागरिकलाई थप जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७