कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन (विवरणसहित)


२०८३ भदौ १२ शुक्रबार १३:१४ बजे
सम्पर्कविहीन भएको अतुल दासको परिवार

काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन रहेको खुलेको छ। उनीहरूको नामनामेसीसमेत प्राप्त भएको जनाइएको छ। सम्पर्कविहीनमध्ये १२७ जना नेपाली नागरिक रहेका छन् भने बाँकी विदेशी नागरिक हुन्। सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

जी इन्टरटेन इन्टरप्राइजेजका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अतुल दास र उनकी पत्नी पायल दाससहित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका ६८ जना सम्पर्कविहीन रहेको इपिक टीभीका डिस्ट्रिब्युसन प्रमुख शिवु चाकोले जानकारी दिएका छन्। बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार उक्त ट्राभल्समार्फत गएका ६१ जना भारतीय र ७ जना एनआरआई सम्पर्कविहीन छन्। यस्तै, यात्रामा संलग्न १८ जना ट्रेक्सका कर्मचारी समेत सम्पर्कविहीन रहेको उनले बताएका छन्।

सम्पर्कविहीन यात्रुहरू याङ्गिला होटल एण्ड लजमा बसेका थिए। उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म टिमुरेबाट सम्पर्कमा रहेको बताइएको छ। त्यसपछि भने उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। त्यसबेला उनीहरूले अध्यागमन कार्यालयमा पासको प्रक्रिया भइरहेको जानकारी गराएका थिए। त्यसपछि रसुवामा आएको बाढी तथा पहिरोका कारण उनीहरूसँग सम्पर्क विच्छेद भएको बताइएको छ।

बेपत्ता यात्रु तथा कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले प्रयास गरिरहेका छन्। पछिल्लो विवरणअनुसार उनीहरूको वास्तविक अवस्थाबारे थप यकिन गर्ने काम भइरहेको छ।

हेर्नूहोस् विवरणः

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७