बाढी प्रभावित नेपाललाई सहयोग गर्न बंगलादेश सरकार तयार


२०८३ भदौ १२ शुक्रबार १६:४३ बजे

काठमाडौं । नेपालमा आएको बाढी तथा पहिरोपछि बंगलादेशस्थित दूतावासले नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेर पछिल्लो अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ।

काठमाडौंस्थित बंगलादेशी दूतावासका अनुसार हालसम्म विपद्का कारण कुनै पनि बंगलादेशी नागरिकको मृत्यु वा घाइते भएको जानकारी प्राप्त भएको छैन। यद्यपि, काठमाडौं–पोखरा सडकखण्डमा अस्थायी रूपमा सडक अवरुद्ध हुँदा केही बंगलादेशी नागरिक बाटोमै रोकिएका थिए। उनीहरूले अवरोध पार गर्दै आफ्नो गन्तव्यमा पुगिसकेको दूतावासले जनाएको छ।

दूतावासले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको तर्फबाट नेपाल सरकार तथा विपद्को सामना गरिरहेका नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेको छ।

साथै, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसहित नेपाललाई आवश्यक जुनसुकै प्रकारको सहयोग र समर्थन उपलब्ध गराउन बंगलादेश सरकार इच्छुक र तयार रहेको दूतावासले जनाएको छ।

यसैबीच, दूतावासको समन्वयमा बंगलादेशका विदेशमन्त्री डा। खलिलुर रहमान र नेपालका विदेशमन्त्री एम। शिशिर खनालबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ। उक्त वार्ताले नेपाल र बंगलादेशबीच रहँदै आएको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, सहकार्य र आपसी सद्भावलाई थप प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७