कासिबलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।


२०८३ भदौ १२ शुक्रबार १७:४० बजे

 काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

तीन राउण्डको प्रतिस्पर्धामा पहिलो जजले ढाँटको पक्षमा २९–२८, दोस्रो जजले कासिबको पक्षमा २९–२८ र तेस्रो जजले पुनः ढाँटकै पक्षमा २९–२८ अंक दिएका थिए। दुई जजको समर्थन पाएसँगै ढाँट विजयी घोषित भएका हुन्।

अब ढाँटले फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

फाइनल जित्न सके ढाँटले युएफसीमा छनोट हुने अवसर प्राप्त गर्नेछन्। नेपाली फाइटर ढाँटको यो जितलाई नेपाली मार्सल आर्ट्स खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७