काठमाडौं । प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला परेको छ। उनी बेत्रावती क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका थिए। चौकीमै कार्यरत प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिँडिरहेका बेला भागेर ज्यान जोगाउन सफल भएका थिए।
अनलाइनखबरको सम्पर्कमा आएका रिजालले असई पौडेल बाढीमा परेको बताएका थिए। त्यसपछि उनको खोजी भइरहेको थियो।
खोजीका क्रममा असई पौडेलको शव चितवनमा फेला परेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।