सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।
उनले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा यो निर्णय लुकाएका थिए । उनका अनुसार घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।