प्रमुख सचेतकहरूसँग सभामुखको छलफल


२०८१ चैत १५ शुक्रबार २१:२७ बजे

काठमाडौं । सभामुख देवराज घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरिरहेका छन् । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला अजयकुमार चौरसियासमेत सहभागी छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलले सदनमा अवरोध जारी राख्दा संसदीय प्रक्रियामा रहेका पाँच अध्यादेशको भविष्य अन्योलमा परेको छ । संविधानले तोकेको समय सीमाअनुसार ती अध्यादेश आगामी मंगलबारसम्म संसदबाट पारित नभए स्वतः निष्क्रिय हुन्छन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म अवरोध जारी राख्ने अडान राखेका छन् । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले जवाफ दिने सूचना अहिलेसम्म आएको छैन । यद्यपि एमाले मुख्य सचेतक महेश बर्तौलाले बिहीबार प्रधानमन्त्री नभई सरकारका तर्फबाट मन्त्रीले सदनमा जवाफ दिन सक्ने बताएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७