प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोन वार्ता


२०८१ चैत १७ आइतबार १५:०१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन कुराकानी गरेका छन् ।  प्रधानमन्त्री ओलीले प्रचण्डसँग समसामयिक विषयमा कुराकानी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले सोमबार नै सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ ।
विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध जारी राखेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७