बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा


२०८२ बैशाख ४ बुधबार १७:४५ बजे

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५-३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

पहिलो लेगमा बार्सिलोना ४(० ले विजयी भएको थियो । दोस्रो लेगमा ३-१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा उठाउन सफल भएको हो ।

डर्टमन्डको सिंगल इदुना पार्कमा भने बार्सिलोनाले कमजोर प्रदर्शन गर्यो । खेलभर त्यस्ता अवसर बनाउनै सकेन । ठिक उल्टो, डर्टमन्डले भने खेलमा फर्कन निकै प्रयास गरिरह्यो । यद्यपि, टोली पहिलो लेगकै खराब प्रदर्शनले अन्तिम आठबाट माथि बढ्न सकेन ।

दोस्रो लेगमा डर्टमन्डलाई जिताउन सेरहो गुइरासीले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका हुन् । डर्टमन्डका रामी बेन्सेबाइनीले आत्माघाति गोल गरेपछि बार्सिलोना अझै भाग्यमानी बनेको हो । 

मंगलबार राति नै भएको खेलमा एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन ९पिएसजी०लाई हरायो । यद्यपि, समग्रमा ५(४ को जित निकाल्दै पिएसजी नै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७