बायर्नले जित्यो जर्मन बुन्डेसलिगा


१९:१३ बजे

एजेन्सी  । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । आइतबार लिगको दोस्रो स्थानमा रहेको बायर लेभरकुसन बराबरीमा रोकिएसँगै बायर्न लिग च्याम्पियन बनेको हो ।

फ्राइबर्गको मैदानमा लेभरकुसन २-२ को बराबरीमा रोकिएपछि बायर्नको उपाधि पक्का भयो । लेभरकुसनको ३२ खेलमा ६८ अंक छ । बायर्नको ३२ खेलमा ७६ अंक रहेको छ । शनिबारको खेलमा बायर्न पनि लाइप्जिगसँग बराबरीमा रोकिएपछि उपाधिको प्रतिक्षा लम्बिएको थियो । यससँगै इंग्लिस फरवार्ड ह्यारी केनले सिनियर फुटबलमा जितेको यो पहिलो आधिकारिक उपाधि हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७