राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. सन्तोष पौडेल निर्वाचित


१९:४१ बजे

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ  नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

डा. पौडेल यसअघि महासचिव हुन् । यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र  अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन् । 

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन् । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७