मोहन वैद्य फेरि अस्वस्थ : १० दिनदेखि आईसीयूमा उपचार हुँदै


०३:०२ बजे
फाइल फोटो

काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ फेरि अस्वस्थ भएका छन् । उनको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् । अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको ती चिकित्सकले जानकारी दिएका छन् ।

‘स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातीको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटक–पटक समस्या दिइरहेको छ । यस पटक भने अल्ली सिरियस नै छ ।’ ७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७