टाटा टियागो ईभीमा ‘ग्रेटेस्ट’ अफर, रोजाइमा उपहार पाइने


२०८२ मङ्सिर १८ बिहीबार १४:३८ बजे

काठमाडौँ : टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ । ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ अफरमा ग्राहकले नै उपहार रोज्न पाउने छन् ।

‘ग्राहकले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्’ सिप्रदी ट्रेडिङले भनेको छ । यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् ।

जसमा बाली भ्रमण जोडीका लागि, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । ‘योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्स्चेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरिज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधा समेटिएका छन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ।

 

किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो ईभी सुरूवाती मूल्य २७ लाख ४९ हजार रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७