बंगलादेशमा हिंसा बढ्यो, एनसीपी नेतामाथि पनि गोली प्रहार
काठमाडौँ : बंगलादेशमा राजनीतिक हिंसा थप चर्किएको छ । १० दिनअघि शरीफ उस्मान हादीको हत्यापछि अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोतलेब सिकदरमाथि गोली प्रहार गरेका छन् ।
सिकदरलाई ढाकाको सोनाडांगा क्षेत्रमा गोली हानिएको हो । उनको टाउकोको बायाँ भागमा गोली लागेको प्रहरीले जनाएको छ। उनलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पताल लगिएको छ।
एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनपछि गठित पार्टी हो । यसमा हसिनाविरुद्ध आन्दोलन गर्नेहरू समावेश छन् र ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थीहरू पनि यस पार्टीसँग जोडिएका छन् । यो पार्टी बंगलादेशमा पहिलो पटक चुनाव लडिरहेको छ।
सिकदरमाथि खुलनामा एक र्याली आयोजना हुँदै गर्दा आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना ‘गलत तत्त्व’को कारबाही भएको बताएको छ।
.gif)

.png)

