महाकाली नदी किनारमा महर मृत फेला
काठमाडौं : बैतडीको झुलाघाटस्थित महाकाली नदी किनारमा एक महिला मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बिहीबार बिहान करिब ८ बजे दशरथचन्द नगरपालिका–८ माइतीघर भएकी अन्दाजी ३८ वर्षीया दीपा महरको शव फेला परेको हो ।
प्रहरीका अनुसार महरका श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका छन्। उनी पनि श्रीमान्सँगै बस्दै आएकी थिइन् र यसै महिनाको २२ गते माइतीघर आएकी थिइन्।
महर बुधबार माइतीघरबाट भारतमा रहेका श्रीमान्कहाँ जाने भन्दै हिँडेकी थिइन्। त्यसपछि बिहीबार बिहान महाकाली नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। उनका श्रीमान् आएपछि मात्र पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन्।
.gif)

.png)

