सेयर बजार १३ अंकले बढ्यो, हाइड्रोपावर समूहमा उच्च वृद्धि
काठमाडौं : मंगलबार सेयर बजार १३.५१ अंकले बढेको छ। यस वृद्धिपछि नेप्से परिसूचक २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको देखिएको छ। अघिल्लो दिन ११ अर्ब ९७ करोड रहेको कारोबार आज १२ अर्ब ३ करोड पुगेको छ ।
मंगलबार १३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हाइड्रोपावर सबैभन्दा बढी १.५९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले बढेका छन् ।
फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ र अन्य समूह ०.१० प्रतिशतले घटेका छन् ।
रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन गरी चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, शिवश्री हाइड्रोपावर ८.१, लिबर्टी इनर्जी ७.५३, माहुली लघुवित्त ६.४४ र न्यादी हाइड्रोपावर ६.१६ प्रतिशतले बढेका छन्। अपरहेवाखोला हाइड्रोपावरको मूल्य २.२६ प्रतिशत घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर रहेका छन् ।
.gif)

.png)

