सिरहा बम विस्फोट प्रकरणमा एक जना पक्राउ


२०८२ चैत ६ शुक्रबार १२:२७ बजे

काठमाडौँ : सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन्। उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। ‘हामीले शंकाको आधारमा एक जनालाई पक्राउ गरेका छौं, हाल चार दिनदेखि अनुसन्धान जारी छ।’

अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आएका थिए।

विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन्। उनको खुट्टामा चोट लागेको छ। घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा क्षति पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७