जेनजी आन्दोलन प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति


२०८२ चैत १९ बिहीबार १८:२७ बजे

काठमाडौं : नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा समिति बनाइएको हो। समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ताद्वय विनोद कार्की र रामचन्द्र गौतम (आरसी) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्।

भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ।

कांग्रेसले उक्त प्रतिवेदनको अध्ययन गरी राय र सुझावसहितको निष्कर्ष प्रस्तुत गर्न समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ।

May be an image of ticket stub and text

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७