इलाममा ‘दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव’ हुने


२०८२ चैत २५ बुधबार १४:४८ बजे

काठमाडौँ : इलामको देउमाई नगरपालिका–३ पानिटारस्थित खेल मैदानमा ‘दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ।

‘पर्यटन विकासका लागि युवा’को आयोजनामा महोत्सव २०८२ साल चैत २८ गतेदेखि २०८३ साल वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ। साथै स्थानीय मौलिक झाँकी, भेषभूषा तथा कला-संस्कृतिको प्रदर्शनसमेत गरिनेछ।

खेलकुदतर्फ खुला पुरुष भलिबल प्रतियोगिता र १० किलोमिटर म्याराथन समावेश गरिएको छ। बालबालिका तथा परिवारलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

कृषकहरूका लागि कृषि विज्ञबाट परामर्श सेवा तथा आधुनिक कृषि प्रविधिसम्बन्धी प्रदर्शनी राखिनेछ। यसका साथै पुराना ऐन्टिक सामग्री र देउमाई क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउने फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ।

नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको यस महोत्सवले देउमाई क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवमा सहभागी भई देउमाई क्षेत्रको आतिथ्यता र प्राकृतिक सौन्दर्य अनुभव गर्न सबैलाई आग्रह गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७