गृहमन्त्री सुधन गुरूङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव


२०८३ बैशाख ८ मंगलबार १४:०२ बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् ।

काठमाडौंमा सम्पाङले आज पत्रकार सम्मेलन गरेर भने, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको दुई तीन चोटी सुनिराखिन्छ। घरि के घरि के त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु।’

पछिल्लो समय गृहमन्त्री गुरूङको सेयर लगानी स्रोतमा प्रश्न उठेको हो। उनले ऋण लिएर सेयर किनेको बताएका थिए।

गृहमन्त्री गुरुङबारे नयाँनयाँ विवाद आइरहेकाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने उनको भनाइ थियो। गृहमन्त्रीबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको उनले बताए। 

अहिले आएको विवादको समाधान गर्न पनि राजीनामा उपयुक्त हुने उनको सुझाव थियो। ‘अब हप्तामा दुई–तीन चोटी सुनिन्छ घरी के घरी के? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु,’ उनले भने। 

अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए।

साम्पाङले नागरिकले गरिखान पाउनु पर्ने बताए l उनले भने, ‘सरकारलाई सल्लाह दिन चाहन्छु, नागरिकलाई कहिले घाँटीमा न्याँकेको देखिन्छ, घोक्राइमुन्टाइ गर्दै गरेको देखिन्छ । शान्ति सुरक्षा केन्द्र सरकारको मातहतमा छ । यसो नगरौँ ।’

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७