ट्रम्पद्वारा गोलीकाण्डबारे नयाँ खुलासा

अहिल्यै केही भन्न सकिने अवस्था छैन


२०८३ बैशाख १३ आइतबार २०:२५ बजे

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको गोलीकाण्डको अनुसन्धानबारे महत्वपूर्ण जानकारी सार्वजनिक गरेका छन्।  ह्वाइट हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले घटनामा संलग्न संदिग्ध व्यक्ति क्यालिफोर्निया राज्यको बासिन्दा भएको बताए।

सुरक्षा निकायले ती संदिग्धको पहिचान गरिसकेको र उनी बस्ने अपार्टमेन्टमा पुगेर अधिकारीहरूले छापा मार्नुका साथै विस्तृत अनुसन्धान सुरु गरिसकेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै ट्रम्पले यो आक्रमणमा कुनै समूहको संलग्नता नभई एक व्यक्ति मात्र संलग्न (लोन उल्फ) हुन सक्ने संकेत व्यक्त गरे । ‘अनुसन्धानमा संलग्न अधिकारीहरूले ती व्यक्तिले एक्लै यो घटना घटाएको ठानेका छन्, मलाई पनि त्यस्तै लागेको छ,’ट्रम्पले भने ।


सोही अवसरमा पत्रकारहरूले यो गोलीकाण्ड इरानसँगको जारी तनाव वा युद्धसँग सम्बन्धित हुन सक्छ कि भनी प्रश्न गरेका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले भने, ‘मलाई यो घटना इरानसँग जोडिएको जस्तो त लाग्दैन, तर अहिल्यै केही भन्न सकिने अवस्था पनि छैन ।

अहिले अमेरिकी प्रशासन र सुरक्षा एजेन्सीहरूले घटनाको पछाडिको मुख्य उद्देश्य र थप प्रमाणहरू संकलन गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७