नीति तथा कार्यक्रम

विदेशी लगानीकर्तालाई अब ‘लगानी भिसा’


२०८३ बैशाख २८ सोमबार १६:४९ बजे

काठमाडौं :  सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ।  सरकारले लगानीलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्न सरकारले लगानीकर्तालाई लगानी भिसा प्रदान गर्ने भएको हो। सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम यसबारे उल्लेख गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। सरकारको लगानी भिसा दिने नीतिले विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

यसैगरी नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने कानुन बनाउने भएको छ। स्वदेशमै बसेर डिजिटल माध्यमबाट विदेशी कम्पनीका लागि काम गर्ने प्रचलन बढ्दै गएका बेला सरकारले यसलाई कानुनी मान्यता दिने घोषणा २०८३ सालको नीति तथा कार्यक्रममा गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७