नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भन्यो : सीईओको राजीनामा तथ्यहीन र भ्रामक

‘सीईओ पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय छन्’


२०८३ बैशाख २८ सोमबार १९:२० बजे

काठमाडौँ, २८ वैशाख :  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको राजीनामाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै सिइओ पाण्डेको राजीनामा सम्बन्धी फैलिएका हल्लाहरू पूर्ण रूपमा भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको छ। उक्त समाचारहरूमा कुनै सत्यता नरहेको उल्लेख गर्दै बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत अहिले पनि आफ्नो जिम्मेवारीमा पूर्ण रूपमा सक्रिय रही बैंकको दैनिक कार्यसम्पादन र व्यवस्थापनमा खटिरहेको जानकारी दिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘बैंक यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छ कि उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ।’ 

बैंकले बैंकसँग सम्बन्धित कुनै पनि संवेदनशील सूचना वा समाचारहरू प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट अनिवार्य रूपमा पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध समेत गरेको छ। विना पुष्टि सम्प्रेषण गरिने यस्ता समाचारले सर्वसाधारणमा भ्रम फैलाउने भन्दै बैंकले जिम्मेवार बन्न आग्रह गरेको हो। 

भनेको छ, ‘बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई बैंक हार्दिक अनुरोध गर्दछ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्राहकवर्ग, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जानकारी समेत गराइन्छ ।’ 

साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना ग्राहकवर्ग, शेयरधनी तथा आम सर्वसाधारणको विश्वासलाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको कुरालाई समेत विज्ञप्ति मार्फत पुनः दोहोर्‍याएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७