मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सतर्क रहन मौसम विभागको आग्रह


२०८३ बैशाख ३० बुधबार ०८:२७ बजे

काठमाडौँ:  नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने अहिले नै हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थुप्रै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश र अन्य पहाडी भू-भागका केही स्थानका साथै तराईका एक–दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा हुरीबतास, असिना र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी, आज राति पनि मौसममा सुधार हुने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र केही स्थानमा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ। देशका अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि छिटपुट वर्षा र हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७