आजको मौसमः वर्षा र हिमपातको सम्भावना


२०८२ फाल्गुण १८ सोमबार ०९:४५ बजे
फाइल तस्बिर

काठमाडौँः देशका केही भूभागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू(भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७