सभापति गगन थापासँग कुनै पनि प्रकृतिको संवाद नभएको ३१ दिन भयो: पूर्णबहादुर खड्का
‘सदस्यता अध्यावधिक नगरेको निहुँमा महाधिवेशनमा सहभागी हुनबाट कसैले रोक्न सक्दैन’
काठमाडौँ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन कुमार थापासँग आफ्नो पछिल्लो ३१ दिनयता कुनै पनि प्रकारको सम्पर्क वा संवाद नभएको बताएका छन्। पार्टीको सम्पूर्ण एकताका लागि आफूले विगत दुई महिनादेखि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति हुन नसकेको उनको भनाई छ ।
आइतबार साँझ उनले फेसबुकमा लेखेका छन्,‘सभापति गगन कुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क-संवाद नभएको आज ३१ दिन भयो। २ महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन। अहिले आएर केही दिनयता पार्टीका बारेमा चलाइएका यथार्थभन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट म चिन्तित भएको छु।’
खड्काले क्रियाशील सदस्यता नवीकरण र नयाँ लिएकाहरूलाई १५ औँ महाधिवेशनमा भाग लिन कसैले रोक्न नसक्ने बताएका छन् । लेखेका छन्, ‘हामीले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अध्यावधिक नगरेको निहुँमा कसैलाई १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न–गराउन सक्दैन।’
१५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिकको नाममा दबाब दिने काम पार्टी जीवनका लागि अत्यन्त घातक हुने भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए। ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस्। नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरू पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन्,’ उनले लेखेका छन्।
.gif)

.png)

