एमाले छाड्ने ८ वडाध्यक्ष पदमुक्त


२०८३ जेठ २७ बुधबार १०:५३ बजे

काठमाडौँ :  निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य राजनीतिक दलमा प्रवेश गरेका देशका विभिन्न स्थानीय तहका ८ जना वडाध्यक्षहरूको पद रिक्त गर्ने निर्णय गरेको छ।

आयोगले एक सूचना जारी गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चिह्नबाट विजयी भएका ती जनप्रतिनिधिहरूले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो।

एमाले केन्द्रीय सचिवालयले आफ्ना जनप्रतिनिधिहरूले पार्टी नीति विपरीत दल परिवर्तन गरेको भन्दै कारबाहीका लागि आयोगलाई आधिकारिक जानकारी गराएपछि आयोगले यो कदम चालेको हो।

  • कमल बहादुर बानिया – मोलुङ गाउँपालिका-१, ओखलढुङ्गा

  • कमल तामाङ – मोलुङ गाउँपालिका-६, ओखलढुङ्गा

  • सुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका-७, ओखलढुङ्गा

  • राजकुमार पन्थी – माथागढी गाउँपालिका-१, पाल्पा

  • होमप्रसाद बजगाईं – बागमती गाउँपालिका-७, ललितपुर

  • रामकुमार श्रेष्ठ – लेटाङ नगरपालिका-४, मोरङ

  • महेशकुमार खनाल – रंगेली नगरपालिका-१, मोरङ

  • मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका-४, दाङ

यसरी पदमुक्त हुने वडाध्यक्षहरूमा सबैभन्दा बढी ओखलढुङ्गा जिल्लाका मात्रै तीन जना रहेका छन्। आयोगका अनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कमल बहादुर बानिया, वडा नं. ६ का कमल तामाङ र चम्पादेवी गाउँपालिका वडा नं. ७ का सुरेश कुमार थापाको पद रिक्त भएको छ।

त्यस्तै, पाल्पाको माथागढी गाउँपालिका वडा नं. १ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका वडा नं. ७ का होमप्रसाद बजगाईं र दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का मधुसुदन शर्मा पनि पदमुक्त भएका छन्।

मोरङ जिल्लाबाट दुई जना वडाध्यक्ष कारबाहीमा परेका छन्, जसमा लेटाङ नगरपालिका वडा नं. ४ का रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका वडा नं. १ का महेशकुमार खनाल रहेका छन्। पार्टी परिवर्तन गरेकै कारण यी सबै ८ जनाको जनप्रतिनिधिको हैसियत समाप्त भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७