रास्वपा महाधिवेशन: विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाट मतदान गर्न पाउने


२०८३ असार १० बुधबार १०:५६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न पाउने भएका छन्। विदेशस्थित नेपाली सम्पर्क विभागबाट चुनिएका १६३ जना प्रतिनिधिहरूमध्ये महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि पार्टीले एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको हो।

महाधिवेशन स्थलमा भौतिक रूपमा सहभागी हुने प्रतिनिधिहरूका लागि भने विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) को व्यवस्था गरिएको छ। पार्टीका अनुसार निर्वाचन प्रक्रिया सञ्चालन गर्न ८० वटा विद्युतीय मेसिन प्रयोगमा ल्याइनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७