६ सचिवको सरुवा : कसलाई के जिम्मेवारी ?
काठमाडाैं : सरकारले प्रशासनयन्त्रमा व्यापक फेरबदल गर्दै छ जना सचिवहरूको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै तीन महिनाअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयमा सरुवा गरिएको छ। सोही मन्त्रालयकी बहालवाला सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा पदस्थापन गरिएको छ।
| नाम | पुरानो जिम्मेवारी | नयाँ जिम्मेवारी |
| कृष्णबहादुर राउत | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय | महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय |
| नारायणप्रसाद शर्मा दुवाडी | अख्तियार दुरूपयोग अनुसन्धान आयोग | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय |
| डिल्लीराम शर्मा | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | अख्तियार दुरूपयोग अनुसन्धान आयोग |
| दीनानाथ मिश्र | राष्ट्रिय सतर्कता केन्द्र | विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय |
| विश्वबाबु पुडासैनी | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय | राष्ट्रिय सतर्कता केन्द्र |
| राधिका अर्याल | महिला, बालबालिका मन्त्रालय | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) |
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी दिइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
प्रशासनिक पुनर्संरचनाको क्रममा नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका दीनानाथ मिश्रलाई नियुक्त गरिएको छ। साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी तोकिएको छ।
.gif)

.png)

