स्याङ्जामा जिप दुर्घटना: दुईको घटनास्थलमै मृत्यु, १७ जना घाइते


२०८३ भदौ ८ सोमबार २२:०२ बजे

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। सोमबार साँझ भएको दुर्घटनामा गल्याङ–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ–९ का करिब ६० वर्षीय यमबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रमेशदत्त अवस्थीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा सडकबाट दुर्घटनामा परेको थियो।

दुर्घटनामा १७ जना घाइते भएका छन्। डीएसपी अवस्थीका अनुसार घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ। सामान्य अवस्थाका केही घाइते भने उपचारपछि घर फर्किएका छन्। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल, पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७