विद्यार्थीसँग झुक्यो भारत सरकार, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
नयाँ दिल्ली : एक महिनादेखि चलिरहेको कक्रोच जनता पार्टीको आन्दोलनसामु अन्ततः भारत सरकार झुकेको छ। आन्दोलनको मागबमोजिम शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। प्रवेशिका परीक्षाको प्रश्नपत्र चुहिएको मामिलालाई लिएर विद्यार्थीहरूले लामो समयदेखि दिल्ली केन्द्रित कडा आन्दोलन जारी राखेका थिए।
निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् ।
‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।
.gif)

.png)

