‘सिंह नै छैन, सिंहदरबारको नाम किन नफेरिएको ?’

‘सिंहदरबारको नाम अनामनगर दरबार राखे हुन्थ्यो’


२०८३ श्रावण २४ आइतबार १४:३८ बजे
हरि ढकाल । फाइल तस्बिर ।

काठमाडौं :  प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राजनीतिक परिवर्तन भए पनि सिंहदरबारको नाम परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्।

आइतबार (साउन २४) ललितपुरमा आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक परिवर्तनपछि देशका धेरै ठाउँका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने परिवर्तन नगरिएको बताए।

‘न हामीसँग सिंह छ, सिंहदरबारको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला,’ उनले भने।

ढकालले राजनीतिक परिवर्तनपछि ठाउँका नाम परिवर्तन गरिए पनि पुरानो शासनशैली र त्यससँग जोडिएका सोच तथा प्रवृत्ति परिवर्तन हुन नसकेको बताए। उनले त्यस्ता प्रवृत्तिलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

‘त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा, त्यसको केही हाउभाउ, भावभंगीहरू भाषाजस्तै छ, त्यो चिर्नुपर्नेछ,’ उनले भने।

उनले समाजका नागरिक कुशासनको स्रोत नभएको भन्दै शासन प्रणाली र त्यसको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए। हिजोकै शैली र सोचबाट नयाँ कानुन बनाउन नहुने उनको धारणा थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७