पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं : पत्रकार तथा जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनी ललितपुरस्थित निवास नजिकबाट पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले जनाएको छ।परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।
.gif)

.png)

