कांग्रेसको १५औँ महाधिवेशनका लागि गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति
गगन थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ। केन्द्रीय कार्यसमितिको बैठकले यसअघि तय भएको महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
चालिसेकाअनुसार व्यवस्थापन समितिमा आवश्यक सदस्यहरू रहनेछन्। महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। उपसमितिमा रहने संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
.gif)

.png)

