काठमाडौं महानगरका ४८१ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध हुने
आया, नर्सदेखि भाषा प्रशिक्षकसम्मलाई सामाजिक सुरक्षा
काठमाडौं : काठमाडौं महानगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ। महानगरपालिकाले विद्यालयमा विभिन्न भूमिकामा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउने निर्णय गरेको हो।
निर्णयअनुसार नेपाल भाषा प्रशिक्षण सहायक १७२ जना, तामाङ भाषा प्रशिक्षण सहायक एक जना, प्राविधिक धारका शिक्षक १६ जना, प्रशिक्षक ३२ जना र सहायक प्रशिक्षक १६ जना सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन्। यस्तै, विद्यालय सहायक एक जना, आया ८७ जना, प्रारम्भिक बाल विकास शिक्षक १२३ जना र विद्यालय नर्स ३३ जनालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने भएको छ।
सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि उनीहरूले कोषबाट उपलब्ध हुने विभिन्न सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्न सक्नेछन्। विद्यालयमा कार्यरत विभिन्न श्रेणीका शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
.gif)

.png)

