भोटेकोशी बाढी मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, अझै ४ हजार २१६ बेपत्ता
काठमाडौं : भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५२ पुगेको छ। बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बिहीबार मध्याह्न १२ बजेसम्म नदी किनार तथा विभिन्न स्थानबाट १ हजार २५२ जनाको शव फेला परेको हो।
बाढीका कारण सबैभन्दा बढी चितवनमा २५५ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। बाढीपछि सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको संख्या ठूलो छ।
प्राधिकरणका अनुसार विभिन्न ११ वटा जलविद्युत् आयोजनामा कार्यरत करिब ९ सय जना अझै सम्पर्कविहीन छन्। यसैगरी ५८३ जना विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन हुनेमध्ये रसुवाका मात्रै ८६५ जना रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा अझै बेपत्ताको खोजी र उद्धार कार्य जारी छ। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मीसँगै चीन, भारत र दक्षिण कोरियाबाट आएका टोली पनि परिचालन भएका छन्। बाढीपछि नदी किनार, जलविद्युत् आयोजना तथा प्रभावित क्षेत्रमा खोजीलाई तीव्र पारिएको छ।
.gif)

.png)

