गुडिरहेको विद्युतीय कारमा आगलागी, एकजनाको मृत्यु
चितवन : भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको थियो।
आगलागीको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो निभाएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका हुन्। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
.gif)

.png)

