सचिवमा बढुवा भएका पराजुलीको अख्तियारमा पहिलो पदस्थापन


२०८३ असोज १ बिहीबार ०९:११ बजे

काठमाडौं : बुधबारको मन्त्रिपरिषद्को बैठकबाट सचिव पदमा बढुवा भएका कालीप्रसाद पराजुली सचिवमा बढुवा भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन्। सचिवमा बढुवा भएका पराजुलीको पहिलो पदस्थापन नै अख्तियारमा भएको हो।

रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो। सिफारिसमध्ये मन्त्रिपरिषद्ले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि डिल्लीराम शर्मा अवकाशमा गएपछि अख्तियार करिब एक महिनादेखि सचिवविहीन थियो। पराजुलीको पदस्थापनसँगै आयोगमा सचिवको जिम्मेवारी पूर्ति भएको छ।

पराजुलीले काठमाडौं, धनुषा, धनकुटा, बझाङ, उदयपुर, तेह्रथुम र दोलखालगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा काम गरिसकेका छन्। उनीसँग गृह मन्त्रालयका विभिन्न महाशाखामा काम गरेको अनुभवसमेत छ। 

उनले अख्तियारको इटहरीस्थित कार्यालय तथा केन्द्रीय कार्यालयमा समेत उनले लामो समय जिम्मेवारी सम्हालेका थिए। सहसचिव हुँदा लामो समय अख्तियारमै काम गरेका पराजुलीले सचिवमा बढुवा भएपछि पनि पहिलो पदस्थापनका रूपमा अख्तियारकै जिम्मेवारी पाएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७