आजदेखि १ हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा

सगरमाथादेखि जुम्ल्याहा हात्तीसम्म


२०८३ असोज ८ बिहीबार ०८:०२ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकले ‘सिरिज २०२५’ नाम दिएको नयाँ नोटमा सुरक्षण प्रणालीलाई थप आधुनिक बनाइएको जनाएको छ। नयाँ नोटमा सगरमाथाको चित्र, दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सकिने विशेष चिन्ह तथा रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ।

नोटको पृष्ठभागमा चितवनका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’, सातवटा लालीगुराँस तथा हनुमानढोकाको ऐतिहासिक थामको आकृति समावेश गरिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको सिरियल नम्बर ९२०००००१ बाट सुरु भएको छ।

राष्ट्र बैंकले नयाँ नोट चलनचल्तीमा आए पनि यसअघि प्रचलनमा रहेका १ हजार रुपैयाँका नोटहरू पनि उत्तिकै मान्य रहने स्पष्ट समेत पारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७