तीन प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
हाल देशभर आंशिक बदली रहेको तथा बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
देशका तराई भू–भागमा आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
.gif)

.png)


