बुढीगंगा भ्रष्टाचारमा तत्कालीन नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर


२०८३ असोज २३ शुक्रबार १६:५२ बजे

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा तत्कालीन नगर प्रमुखसहित पाँच जना दोषी ठहर भएका छन्।

विशेष अदालतले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी र जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकायालाई दोषी ठहर गरेको हो। 

अदालतले उनीहरूलाई जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। तीमध्ये पाँच जनालाई दोषी ठहर गर्दै अदालतले अन्य नौ जनालाई सफाइ दिएको छ।

सफाइ पाउनेमा तत्कालीन छैटौँ तहका प्रशासन अधिकृत नरेन्द्रनाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री र शिक्षा अधिकृत जयराज न्यौपाने छन्।

त्यस्तै, असिस्टेन्ट सबइन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, तत्कालीन प्रशासन सहायक बसन्तबहादुर थापा र जागृति तथा एमके रनेपाल संयुक्त उपक्रमका काठमाडौंस्थित आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन्।

अदालतको फैसलासँगै बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा संलग्न आरोप लागेका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीमध्ये पाँच जना दोषी ठहर भएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७