पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो


२०८३ कार्तिक १५ आइतबार १७:०५ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

जनकपुर भने तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराएको थियो ।

एक जित र एक हारको नतिजा निकालेको जनकपुर आजको खेल जित्दै दोस्रो जित दर्ता गर्ने लक्ष्यमा छ । एनपीएलमा आज एक खेलमात्रै हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७