दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ


२०८३ कार्तिक २० शुक्रबार १३:५६ बजे
फाइल फोटो

काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।

आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । बिहीबार कानुन व्यवसायीमार्फत पेस गरिएको उक्त निवेदन शुक्रबार दर्ता भएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको छ । बिहीबार निवेदन पेस भए पनि अध्ययनका क्रममा रहेकाले तत्काल दर्ता हुन नसकेको सर्वोच्च प्रशासनले जनाएको थियो ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, कार्कीले मन्त्रिपरिषद्को उक्त निर्णयसम्बन्धी पत्र बुझेका छैनन् ।

अब सर्वोच्च अदालतमा हुने सुनुवाइबाट सरकारको निर्णयको कानुनी वैधता र कार्कीको मागबारे न्यायिक परीक्षण अघि बढ्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७