छठ पर्वका लागि काठमाडौंका नदी किनारमा घाट निर्माण तीव्र

किनारमा घाट निर्माण तीव्र


२०८३ कार्तिक २६ बिहीबार १५:५० बजे

काठमाडौं : छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी तथा जलाशय किनारमा पूजास्थल र घाट निर्माणको तयारी तीव्र पारिएको छ । 

गौरीघाट, विष्णुमती, कुपण्डोललगायत उपत्यकाका विभिन्न स्थानमा छठ पूजाका लागि घाट निर्माण सुरु गरिएको हो । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा भेला भएर सूर्यको उपासना गर्छन् ।

उपत्यकामा सबैभन्दा धेरै भक्तजन पुग्ने गौरीघाटमा एकैपटक पाँच सयभन्दा बढी व्रतालुले पूजा गर्न सक्ने गरी घाट तयार पारिँदै छ । 

त्यहाँ पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सफा गर्ने तथा आवश्यक पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।

चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने छठ पर्व यस वर्ष कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइनेछ ।

त्यसपछि कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७