बालेनको भारत भ्रमणले सम्बन्ध थप मजबुत बनाउने रास्वपाको अपेक्षा


२०८३ मङ्सिर ६ आइतबार १४:५४ बजे
फाइल फोटो

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको बताएको छ ।

प्रधानमन्त्री शाह आइतबार दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भ्रमण सफलताको शुभकामना दिँदै रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार प्रधानमन्त्री शाहले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराएका छन् ।

सो अवसरमा लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा भारतसँगको सम्बन्ध थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७