पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विधाका शिक्षक पदमा दरखास्त आह्वान
काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न चिकित्सा विधामा सहप्राध्यापक र उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले कार्यसम्पादन करार सेवामा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
प्रतिष्ठानले आज सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचनाअनुसार युरोलोजी, जीआई सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, प्रसूति तथा स्त्रीरोग (अन्कोलोजी तथा ल्याप्रोस्कोपिक सर्जरी), न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स र अप्थाल्मोलोजी विधामा सहप्राध्यापक पदका लागि आवेदन खुलाइएको छ ।
त्यस्तै, कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियट्री, इन्टरनल मेडिसिन (जेरियाट्रिक), मेडिकल अन्कोलोजी, इएनटी तथा एडल्ट हेल्थ नर्सिङ विधामा उपप्राध्यापक पदका लागि दरखास्त माग गरिएको छ ।
चिकित्सा विधातर्फका पदमा आवेदन दिन सम्बन्धित विषयमा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरी नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ ।
नर्सिङतर्फ उपप्राध्यापक पदका लागि एडल्ट हेल्थ वा मेडिकल सर्जिकल नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)




